देश समृद्धिमा मार्गमा अग्रसर छ : उपराष्ट्रपति पुन

स्याङ्जा । उपराष्ट्रपति नन्दबहादुर पुनले देश समृद्धिमा मार्गमा अग्रसर रहेको बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा ३८औँ मगर एकता दिवस तथा मगर गुमष्ठ ईमको उद्दघाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिका आशालाग्दो काम भईरहेको भन्दै सिंहदरबारमा केन्द्रित अधिकार अहिले गाउँगाउँमा पुगेको बताउनुभएको हो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, सिहंदरबारका अधिकार गाउँगाउँमा पुगेका छन् । विकास निर्माणका नमुना कामहरु भईरहेका छन् ।” हिमाल पहाड तराई मधेसको भौगोलिक विविधताले भरिएको देश नेपालका बिभिन्न भु–भागमा मगर बाहुल्या रहेको भन्दै हरेक आन्दोलनमा मगर समुदायको योगदान रहेको उपराष्ट्रपति पुनले बताउनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “ऐतिहासिक जनयुद्धमा होस या आधुनिक नेपाल निर्माणमा होस मगर समुदायको महत्वपुर्ण योगदान रहेको छ ।”
मगर समुदायमा आर्थिक सामाजिक रुपान्तरणमा केहि पछि परेको महशुस गरिएको भन्दै मगर संघले यसलाई माथि उकास्ने उपराष्ट्रपति पुनको भनाई छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासमा रहेको मुलुकमा समावेशीताले जनजाति, दलित, अल्पसंख्यक र पिछडिएको वर्गको समेत राज्यका हरेक निकायमा प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्