गोरीगञ्जबाट चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ

झापा । मोटरसाइकल चोरी गरेको आरोपमा झापाको गौरीगञ्जबाट दुई जना पक्राउ परेका छन् ।
भारतीय नम्बर प्लेट भएको चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ६ देवीगञ्ज बस्ने २७ वर्षीय शरदकुमार माक्रा र गौरादह नगरपालिका ७ गुवालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले हिजो साझ पक्राउ गरेको जनाईएको छ ।
प्रहरीका अनुसार गौरीगञ्ज ६ स्थित देवीगंज बस्ने उपेन्द्र यादवको बीआर ३८ के ८१३५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल घरको बरण्डामा राखिरहेको अवस्थामा सोमबार राति चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ खटिएका प्रहरी टोलीले उक्त मोटरसाइकल माक्राले आफ्नो घरमा तिर्पालले छापेर राखेको अवस्थामा बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्