तपाईँ सुन्दै हुनुहुन्छः

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक गणपूरक संख्या नपुगेपछि फागुन १८ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित भएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापेकाटोले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नु भएको थियो ।

नियमापत्तिपछि ३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या यकिन गर्दा एक चौथाई अर्थात ६९ जना हुनु पर्नेमा जम्मा ५८ जना सांसदहरुको मात्र उपस्थिति रहेको पाइएपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरु हटाइएको जानकारी दिंदै बैठक स्थगित गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button