तेस्रो लिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनपर्दछ: प्रमुख जिल्ला अधिकारी पोखरेल
बारा । बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले तेस्रो लिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सुझाव व्यतm गर्नुभएको छ ।
निलहिरा समाज बाराले कलैयामा आयोजना गरेको सरोकारवालाहरुसँगको समन्वयमा भएको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रजिअ पोखरेलले समाजमा अरु नागरिकहरु जस्तो सम्मान अधिकार दिनुपर्ने धारणा व्यतm गर्दै उनीहरुको मानसम्मानमा ठेस पुग्ने काम कोही कसैकबाट भए त्यस्तो व्यतिmहरुलाई कानुनी दायरामा ल्याउनका लागि कुनै कसर वाकी नराख्ने प्रतिवद्धता ब्यतm गर्नुभयो ।
उहाँले तेस्रो लिङ्गीहरुलाई पनि बिकासको मुलधारमा ल्याउनका स्थानीय निकायहरुसँग समन्वय र सहकार्यको खाँचो रहेको हँुदा समन्वय गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक कृष्ण पंगेनीले होच्याउने गिज्याउनेलाई कार्यवाही गर्ने बताउनुभयो ।
निलहिरा समाजका कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठले आफुहरुलाई अरु नागरिक सरह व्यवहार हुनुपर्ने धारणा व्यतm गर्नुभएको थियो ।
कार्यक्रममा कलैया अस्पतालका डाक्टर रबि गुप्ता, लगायतकाले आफ्नो बिचार व्यतm गर्नुभएको थियो ।
बि.स.२०१९ सालमा १८ जना एचआईभी रोगी फेला परेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । निलहिरा समाजले कलैयामा सडक नाटक गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्