राष्ट्रपति भण्डारीलाई बैतडीमा भव्य स्वागत गरिदैँ, नागरिक अभिनन्दन गरिने

बैतडी । पहिलो पटक बैतडी आउन लाग्नुभएका राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बैतडीमा भव्य स्वागत गरिदैंछ । बैतडीबाट निर्वाचत सघिंय सांसद दामोदर भण्डारीसहित प्रदेश सांसद तथा स्थानीयतहका जनप्रतिनिधिहरुले उहाँलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले दिउसो २ः०० बजे बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पुजाआजा तथा दर्शन गर्नुहुने कार्यक्रम छ भने, आज ३ः०० बजे पाटनस्थित भिमदत्त पोलिटेक्निक शिक्षालय उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीलाई बाजा गाँजासहित स्वागत गरिनुका साथै दशरथचन्द नगरपालिका र पाटन नगपालिकाका तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको आगमनमा बैतडीको पाटन बजार बेहुलीझै सिंगारिएकोछ ।
यसअघि राष्ट्रपति भण्डारीलाई दार्चुलामा पनि भव्य स्वागत गरिएको छ । राष्टपतिको आगमनमा बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुज गाउँपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएकोछ ।

यसैबीच राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आउनु भएपछि यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । राष्ट्रपतिको सुरक्षाका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सुरक्षाको लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्