तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: राहत,उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढि पहिरोबाट पीडित नागरिकलाई राहत उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको आकस्मिक र शुन्य समयमा सांसदहरुले बाढि पहिरामा परी बेपत्ताको खोजी, घाइतेहरूको स्वास्थ्य उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसदहरुले बर्सातको समयमा भूकम्पले जीर्ण बनेका बस्तीहरूको सुरक्षा र जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो । 

यस्तै बैठकमा सांसदहरुले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या दुखद र निन्दनीय भएको भन्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो । 

प्रतिनिधिसभाको आजको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button