तपाईँ सुन्दै हुनुहुन्छः

लखन कपको उपाधि सक्सेसलाई

घोराही । दाङको घोराही सञ्चालन भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधि सक्सेस क्लब तुलसीपुरले हात पारेको छ ।

घोराहीको भरतपुर खेल मैदान भएको फाइनल खेलमा घोराहीको युएनबिसीलाई हराउँदै सक्सेसले पहिलो पल्ट उपाधि हात पारेको हो नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाल मगर संघ दाङले फुटबल प्रतियोगीता सञ्चालन गरेको हो ।

फागुन २ गतेदेखि सुरु भएको प्रतियोगीतामा युएनबिसीलाई २—० गोलले हराउँलै सक्सेस क्लब तुलसीपुरले उपाधि हात पारेको हो ।

जिल्लाका १६ क्लबको सहभागीता रहेको प्रतियोगीतामा सक्सेसले शिल्ड प्राप्त गरेको छ । बिजेता टीम सक्सेसलाई भोली फागुन १५ गते परेको ३८ औँ मगर दिवसका अबसरमा नगद एक लाख ११ हजार एक सय ११ रुपैया, प्रमाण पत्र प्राप्त गर्नेछ ।

यस्तै उपबिजेता युएनबिसीले शिल्ड हात पारेको छ भने नगद ५५ हजार पाँच सय ५५ रुपैया नगद, प्रमाण पत्र भोली नै मगर दिवसका अबसरमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सेमीफाइनल पुगेका बडहरा युबा क्लब र मेगा युथ क्लबलाई ५÷५ हजार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button