काभा यू–२० महिला भलिबल : नेपालले सेमिफाइनलमा किर्गिस्तानसँग खेल्ने
काठमाडौँ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा किर्गिस्तानसँग खेल्ने भएको छ ।
लिगको अन्तिम खेलमा श्रीलङ्काले किर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो ।
लिगमा अपराजित श्रीलङ्का ३ खेल जित्दै ८ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारबाट ५ अङ्क जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल ३ अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।
लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ ।
दुवै सेमिफाइनल खेल सोमबार हुनेछ ।
नेपाल लिग चरणमा किर्गिस्तान विरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाइनलमा नेपाल सामु त्यो हारको बदला लिने अवसर छ ।








प्रतिक्रिया राख्नुहोस्