तपाईँ सुन्दै हुनुहुन्छः

गुरुपूर्णिमाको अवसरमा वृक्ष रोपण

काठमाडौँ । गुरुपूर्णिमाको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासस्थित सहिद आदर्श क्याम्पस हातभित्र आज वृक्षरोपण गरिएको छ ।

२६ रोपनी क्षेत्रफलमा रहेको क्याम्पस हाताभित्र सदावाहार प्रकृतिका विभिन्न बिरुवा रोपिएको क्याम्पस प्रमुख विष्णु फुयालले जानकारी दिनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण ढुङ्गाना र ३ नम्बर वडाका वडाध्यक्ष राममणि पुडासैनीले ग्रामीण क्षेत्रमा रहेको सहिद आदर्श क्याम्पसलाई विद्यार्थीको रोजाइको अध्ययन केन्द्र बनाउन प्रयास गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँको उत्तर पूर्वी क्षेत्रमा शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुहुने कृष्णप्रसाद पुडासैनी, हरिशरण ढुङ्गाना, विश्वनाथ पोखरेल, भीमप्रसाद कुइकेल, अलका चालिसे, केवल पण्डित र अन्नत अर्याललाई विद्यार्थीहरूका तर्फबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button