तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाएर एक बेपत्ता

गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले बताउनुभयो । 

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ती खेतबाट फर्किएर निस्ती खोला तर्ने क्रममा बेपत्ता भएका थिए । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button