मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा दिने निर्णय

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जमकट्टेलले यस्तो निर्णय लिनुभएको हो ।आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ,ढकालले बताउनुभयो।
जम्कट्टेल २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता गठबन्धनबाट मुख्यमन्त्री बन्नु भएको थियो । नेपाली कङ्ग्रेस र नेकपा एमालेको नयाँ राजनीतिक समीकरणसँगै जम्कट्टेलले राजीनामा दिन लाग्नु भएको हो।








प्रतिक्रिया राख्नुहोस्