राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा

दार्चुला।राष्ट्रपति विद्यादेवी भण्डारीको दार्चुला भ्रमणको उपलक्ष्यमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एक दिन स्थानीय विदा दिएको छ । भोली फागुन १५ गते दार्चुलाको मालिकार्जुनमा हुने राष्ट्रपति भण्डारीको स्वागतको लागि गाउँपालिकाले र नगरपालिकाले एक दिनको लागि स्थानीय विदा दिएको हो ।
राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन मन्दिरमा विशेष पूजापाठको लागि आउन लाग्नुभएका राष्ट्रपति भण्डारीको नागरिक अभिनन्दन गर्न तथा स्वागतको लागि गाउँपालिकाले स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो । गाउँपालिको मंगलबार सार्वजनिक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
भण्डारीले मालिकार्जुन धाममा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको छ । यस्तै मालिकार्जुनमै रहेको मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरमा स्थानीयले राष्ट्रपति भण्डारीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा भण्डारीलाई नागरिक अभिनन्दन तथा स्वागत कार्यक्रमको आयोजना गरिएको अध्यक्ष धामीले बताउनुभयो । विद्यालय प्राङगणमा हुने कार्यक्रममा पञ्चकन्याले स्वागत गरिनेछ । यस्तै मालिकार्जुन क्षेत्रको स्थानिय कला संस्कृती, सगुन, झोडो, ढुस्को प्रर्दशनीको तयारी छ ।
शैल्यशिखरको काखमा रहेको मालिकार्जुन मन्दिरमा उहाँ आउनुहुने भएपछि मालिकार्जुन क्षेत्र झकिझकाउ पारिदैछ । जिल्लास्थित सुरक्षा निकायहरुले दुई पटक मालिकार्जुन क्षेत्रको सुरक्षा अवस्था राख्न निरीक्षण समेत गरेका छन् ।
राष्ट्रपति भण्डारीले दार्चुलाको मालिकार्जुनमा दुुई घण्टा समय बिताउनुहुने छ । उहाँको भ्रमणको लागि जिल्लास्थित चार वटै सुरक्षा निकायबाट सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । राष्ट्रपतिको विशेष सुरक्षा टोली केन्द्रबाटै आउँछ, प्रजिअ पौडेलले भन्नुभयो, बाकी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्यि अनुसन्धानको टोली जिल्लाबाट खटाइने छ ।
सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिको सुरक्षाको लागि झण्डै ३ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । मालिकार्जुन मन्दिर क्षेत्रमै रहेको मैदानमा राष्ट्रपतिको हेलिकप्टर ल्याण्ड निर्माण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्