घर छाउने क्रममा लडेर मजदुरको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चन्द्रमणि भण्डारीको घरमा जस्ताको छानो छाउने क्रममा खसेर गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार भण्डारीको घरमा जस्ता छाउने क्रममा बाराको जीतपुर सिमरा घर भएका ३० वर्षीय कुन्दन चौधरी अचानक खसेर गम्भीर घाइते भएका थिए ।
निजका भाइ र घर धनी भण्डारीले स्थानीय मेडिकलमा उपचार गराई बिहान ६ः०० बजे नयाँ मेडिकल कलेज, भरतपुर पुर्याएकोमा ६ः५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्