तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरका सरकारी कार्यालयमा डिजिटल सुचना पाटी

भोजपुर । सरकारी सुचना, सेवा तथा शुल्कहरुका बारेमा जानकारी लिन सेवाग्राहीले नागरिक बडापत्र खोज्दै हिडनु बाध्यता भोजपुरका सरकारी कार्यालयहरुमा हट्दै जान थालेको छ ।

जिल्लामा रहेका सरकारी कार्यालयहरुले सेवाग्राहीका लागि डिजिटल सुचना पाटी जडान गर्न शुरु गरेपछि सेवाग्राहीलाई समेत सहज भएको छ ।

भोजपुरका सरकारी कार्यालयहरुले अहिले सेवाग्राहीका लागि सबै सुचना एकै ठाउँबाट प्राप्त हुने गरी डिजिटल सुचना पाटी जडान गर्न शुरु गरेका हुन ।

बिगतमा कार्यालयको कुन ठाउँमा नागरिक बडापत्र टाँसिएको छ भनेर खोज्दै हिडनु पर्ने अवस्थाको अन्त्य हुन थालेपछि सेवाग्राहीलाई सेवा लिन समेत सहज भएको भोजपुर नगरपालिका ११ का देवेन्द्र राईले बताउनुभयो । उहाँले भन्नभयो भोजपुरका सरकारी कार्यालयहरुले डिजिटल सुचना पाटी जडान गर्न शुरु गरेको रहेछ यसले हामीलाई पनि कार्यालयको शुल्क र अन्य बिवरण हेर्न सजिलो भएको छ ।

भोजपुरमा हाल नेपाल बिद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, जिल्ला अदालतलगायतका सरकारी कार्यालयहरुमा डिजिटल सुचना पाटी जडान गरिसकिएको छ ।

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रमा भने अन्य कार्यालयहरुमा भन्दा फरक सुचना पार्टी जडान गरिएको बितरण केन्द्र प्रमुख रविन बाबु घिमिरेले बताउनुभयौ । उहाँले भन्नुभयो अन्य सरकारी कार्यालयहरुमा राखिएका सुचना पाटीहरुमा सबै बिवरण नराखिएको भए पनि बिद्युतमा भने नागरिक बडापत्रदेखि लिएर अन्य कार्यालयका सबै सुचना राखेको छ ।

जिल्लाका सरकारी कार्यालयहरुमा डिजिटल सुचना पाटी राख्न थालिएपछि कार्यालयले तोकेका सुचना अधिकारीहरुलाई समेत फाइदा पुगेको सुचना अधिकारीहरुको भनाई रहेको छ ।

अहिलेको आधुनिक प्रविधिको युगमा अब भोजपुरका अन्य सरकारी कार्यालयहरुले पनि कार्यालयका सुचनाहरु भित्तामा टाँस्ने होइन डिजिटल प्रविधीमार्फत जनतालाई ससुचित गराउन जरुरी रहेको जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी रेवत बहादुर प्रधानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button