तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरुले बाढी पहिरोबाट जनधनको क्षति भइरहेको भन्दै सतर्कता अपनाउनुपर्ने र सूचना प्रणालीलाई अझै विश्वसनीय बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले विपद्जन्य जोखिमबाट बच्न र उद्धारका लागि आवश्यक जनशक्तिलाई अझै विकसित गर्दै लानुपर्ने, पूर्वाधार निर्माणका काम गर्न असार महिना कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । 

बैठकमा मुग्लिन नारायणगढ सडकखण्ड आजसम्म पनि असुरक्षित हुनु देशका लागि लज्जास्पद विषय भएको भन्दै सरकार गम्भीर बन्नुपर्ने, त्रिशूलीमा हुने सडक दुर्घटनालाई रोक्न अन्तर्राष्ट्रिय विज्ञबाट नयाँ ढंगले सडक बनाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button