तपाईँ सुन्दै हुनुहुन्छः

झापामा भारतीय नागरिकलाई धारिलो हतियार प्रहार गर्ने दुईजना पक्राउ

भद्रपुर, झापा ।झापाको विर्तामोड–६ मा फूलबारी व्यवसाय गरेर बस्ने एक भारतीय नागरिकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका दुईजनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा इलाम घर भई बिर्तामोड ५ बस्ने २१ वर्षीय भद्रबहादुर बस्नेत र ताप्लेजुङ घर भई बिर्तामोड ६ बस्ने २६ वर्षीय रोहन तामाङ रहेका छन् । उनीहरुलाई हिजो राति विर्तामोडको सुगम पेट्रोल पम्पनजिकैबाट पक्राउ गरिएको इप्रका अनारमनीले जनाएको छ ।

पक्राउ परेका युवाहरूले मङ्गलवार दिउँसो भारतीय नागरिक ३५ वर्षीय हविबुल इस्लामलाई हतियार प्रहार गरी घाइते बनाएका थिए । हतियार प्रहारबाट इस्लामको ढाड र कुममा चोट लागेको छ । उनको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

पक्राउ परेका युवालाई इप्रका अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button