तपाईँ सुन्दै हुनुहुन्छः

झापामा अनुचित लेनदेन गर्नेले फिर्ता गरे २ करोड ५७ लाख नगद र डेढ बिघा जग्गा

भद्रपुर, झापा । झापामा हालसम्ममा अनुचित लेनदेन (मिटरव्याज) ले  दुई करोड ५७ लाख एक हजार नगद र एक बिघा १४ कठ्ठा पाँच धुर जमिन पीडितहरूलाई फिर्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका उजुरीहरूमाथि छानविन गर्दा हालसम्ममा त्यति रकम र जग्गा पीडितलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मिटरव्याजविरुद्ध उजुरी दर्ता हुन थालेपछि हालसम्म झापामा १७३ उजुरी परेका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि गत जेठ ११ गतेयता मात्रै जिल्ला प्रशासन कार्यालयमा ८३ उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाईँले जानकारी दिनुभयो । उजुरी आउने क्रम जारी रहेकोले उजुरी दर्ता गराउने म्याद यही साउन ४ गतेसम्मका लागि थपिएको बताउँदै चापागाईँले उजुरी गर्नेको सङ्ख्या बढ्नसक्ने जानकारी दिनुभयो ।

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अगाडि) मा परेका ७७ उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ मा सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी १५ मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फर्छ्यौट भएको, छ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, दुई उजुरीमा विपक्षीको एकीन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनु अगावै अदालती प्रक्रियामा गएका र नौ उजुरी छलफल प्रक्रियामा नै रहेको प्रहरी निरीक्षक पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button