सिमलताल बस दुर्घटना : थप दुई जनाको शव भेटियो
चितवन । चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप २ जना पुरुषको शव फेला परेको छ ।

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो । उनीहरूको हालसम्म सनाखत हुन सकेको छैन । बिहान एक जना भारतीय यात्रुको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको हो । नदीमा माछा मार्ने क्रममा बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता अन्य यात्रु र बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्