तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौँ । नेपाली कांग्रेसले आफु निकट प्रतिनिधि सभाका सदस्यहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै यही असार २८ गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button