बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप
बाँके ।बाँकेको डुडुवा गाउँपालिकामा – रहेको जयेन्दु बाल सुधार गृहमा फेरि झडप भएको छ ।
सोमबार राती सवा सात बजे खाना खाने क्रममा विवाद भएपछि दुई पक्षको बीचमा झडप भएको थियो । झडपपछि ५० बढी बाल बन्दी भागेका थिए । ठूलो सङ्ख्यामा परिचालित प्रहरीले धेरैलाई नियन्त्रणमा लिएको छ ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले आठ जना नियन्त्रण बाहिर रहेको जानकारी दिनुभयो । ‘झडप भएपछि धेरै जना बाहिर निस्केका थिए, हामीले नियन्त्रणमा लिएका छौ, प्रवक्ता डाँगीले भन्नुभयो आठ जना सम्पर्क बाहिर छन् । उनीहरूको खोजी भइरहेको छ ।’
प्रहरीले सुरुमा झगडा गर्ने आठ जनालाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ । यो बाल सुधार गृहमा यसअघि पनि पटक पटक झडप भएको थियो । बाल सुधार गृहमा अहिले २ सय ७२ जना बालबन्दिहरु रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्