तपाईँ सुन्दै हुनुहुन्छः

बाढी,पहिरो र डुबानबाट पुगेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गर्दै उद्धार, राहात र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकको आकस्मिक समयमा सांसदहरूले  वर्ष शुुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तीनै तहलाई विपद जोखिम न्युुनिकरण र व्यवस्थापनका लागि आवश्यक तालिम लगायतका क्षमता वृद्धिको काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसहरुले बाढी र पहिरोका कारण देश विभिन्न राजमार्गहरू सँगै ग्रमिण सडकहरू समेत अवरुद्ध हुँदा उद्धार र राहतमा समस्या भइरहेको भन्दै समयमानै सुचारु गर्न माग गर्नुभयो ।

सांसदहरुले अविरल वर्षापछि बढेको खोलानालाले काठामाडौं उपत्यका भित्रकै विभिन्न ठाउँहरू तथा पोखरा लगायतका ठूला सशहरहरु समेत डुबानमा परेको भन्दै दैविक प्रकोपमैत्री संरचना निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वर्षा शुरु भइसकेको छोटो समयमा नै धेरै जनधनको क्षति भइसकेको भन्दै पहाडमा बाढी पहिरो र तराईमा डुबानका कारण घर गाउँबस्ती र खेतीयोग्य जमिनमा क्षति पुगेको भन्दै जोखियुक्त बस्ती र घरहरूको व्यवस्थापन तथा तराईमा तटबन्धको निर्माण लगायतका विषयमा समयमा नै ध्यान दिन नसक्दा हरेक वर्ष दैवी प्रकोपबाट क्षति बेहोर्न परिरहेको बताउनुभयो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अल्पमतमा परेको सरकाका प्रधानमन्त्री पुुष्पमकल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button