तराई पहाड जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सुचारु, केआई सिंह राजमार्ग एकतर्फी
डडेल्धुरा । सुदूरपश्चिमका ७ पहाडी जिल्ला समेत तराई पहाड जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । आइतबार बिहानै देखि सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा तराई पहाडका लागि आवत जावत गर्ने यात्रुहरू समस्यामा थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार डडेल्धुरा डोटी अन्तरगत केआई सिं राजमार्ग पनि एकतर्फी सुचारु भएको छ ।
डडेल्धुराका प्रहरी नायव उपरिक्षक दीपक कार्कीले सडकमा आउने अवरोध हटाउन प्रहरी परिचालन गरिएको बताउनु भयो । सडक माथिको पहिरो हटाउँदा ढुङ्गा, माटो समेत सडकमा आउन थाले पछि बुडर जोगवुढा सडक खण्डको सुनखोलामा भने सडक सुचारु गर्न सकिएको छैन । अझै पनि वर्षा भइरहेकाले पहिरो खस्ने क्रम न रोकिएको हुँदा सावधानी पूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
डडेल्धुराका स्थानीयतह हरुले पनि सडक तथा विभिन्न संरचनामा क्षति पुगेको जानकारी गराएका छन् ।









प्रतिक्रिया राख्नुहोस्