तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरो पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै निकायलाई निर्देशन दिनुभएको छ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भू–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै नागरिकलाई अपिल गर्नुभएको छ ।

सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उहाँले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै लेख्नुभएको छ – ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन राज्यका सबै अंगलाई निर्देशन गरिएको छ । साथै आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button