तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितमा एन्जिला पुस्तक पसल टिम तेस्रो स्थानमा

अछाम । अछामको साफेबगरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितमा एन्जिला पुस्तक पसल टिमले तेस्रो स्थान हासिल गरेको छ ।

नेकपा गाउँ कमिटी बाब्लालाई पराजित गर्दै एन्जिलाले तेस्रो स्थान जितेको हो । योसँगै एन्जिलाले नगद एक लाख ५० हजार हात पारेको छ ।

सुरुको सेट २५–२० ले जितेको एन्जिलाले त्यसपछि दुई सेट लगातार गुमाउनु पर्यो । बाब्लाले दोस्रो र तेस्रो सेट २५–१६ र २५–२३ जिते पनि अन्तिम सेट एन्जिलाले १५–१३ ले आफ्नो पोल्टामा पार्दै जित हासिल गरेको हो ।

प्रतियोगितामा एन्जिलाका सुबाश महतोले म्यानअपद म्याजको पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताको उपाधिका लागि आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसन अछाम र प्रमुख प्रशासकिय अधिकृतको टिमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले नगद पाँच लाख नगदसहित ट्रफी हात पार्ने छ भने द्वितिय हुने टिमले दुई लाख ५० हजारसहित ट्रफी र मेडल जित्ने छ ।

पर्यटन वर्ष २०२० लाई लक्षति गर्दै प्रजातन्त्र दिवसको अवसर पारेर ७ गतेबाट प्रदेशकै सर्वाधिक धनराशीको प्रतियोगिता आयोजना गरिएको फाउण्डेनका सचिव कृष्ण कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button