अछाममा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या चार हजार छ सय १९ पुग्यो

अछाम – अछाममा नेपाल सरकारले सुरु गरेको राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या अहिलेसम्म जम्मा चार हजार छ सय १९ रहेको छ ।
जसमा एक हजार सात सय २४ महिला र दुई हजार आठ सय ९५ जना पुरुषले नाम दर्ता गराएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउने मध्ये पुरुषको सँख्या एक हजार एक सय ७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
अछाममा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु गरिएको थियो ।
यस्तै जिल्लामा चालू आर्थिक बर्षको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछाम बाट दुई हजार छ सय ७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
चालू आर्थिक बर्षको श्रावण १ गतेदेखि अहिलेसम्मको विवरण हेर्दा यो तथ्यांक भेटिएको हो । जसमा एक हजार पाँच सय ९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन । यो तथ्यांकलाई हेर्दा नागरिकता लिने पुरुषको संख्या पाँच सय १६ ले बढी छ ।
अछामका केही ठाउँहरु बिकट भएकाले पनि सेवा लिन समस्या भएको सेवाग्राहीहरुले बताएका छन् । कार्यालयले जिल्लाका बिकट बस्तीमा नागरिकताको प्रमाणपत्र बितरणका लागि शिबिरको आयोजना गर्न पनि सुझाव दिएका छ्न ।
जिल्लाका तुर्माखाँद गाउँपालिकाका बिकट वडाहरु, ढकारी गाउँपालिकाका बिकट वडाहरु, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बिकट बस्तीमा शिविर सञ्चालन गर्दा नागरीकलाई सहज हुने उनीहरुको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्