तपाईँ सुन्दै हुनुहुन्छः

‘चैतसम्म अपुग शिक्षक दरबन्दी पुर्याइन्छ’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैत महिनाभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेकोले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरी चैत महिनाभित्र दरबन्दी पुर्याइने बताउनुभयो ।

मन्त्री पोखरेलले सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै सामुुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले शिक्षा नीति आइसकेकाले अब शिक्षा ऐनको तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button