तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जानुहुँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी) का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुनेछ ।

उहाँ इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्कनुहुने तालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button