तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक बिहीबार प्रारम्भ हुने

मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको छ । 

प्रदेशसभा सचिवालयका अनुसार सो बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गर्नुभएको प्रदेश सरकारको आव २०८१/८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल प्रारम्भ भई यही असार ८ गतेभित्रै सो बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

गत असार १ गते साँझमा बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button