तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्री : पशुपतिनाथमा देखियो रमझम (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ ।

त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

दर्शनका लागि पाँच वटा लाइन

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, ९ फागुन ः महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ९ फागुन ः महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्(ा र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा शुक्रबार पूजा गर्दै भक्तजन । तस्वीर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ९ फागुन ः महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्(ा र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा शुक्रबार पूजा गर्दै भक्तजन । तस्वीर ः रोशन सापकोटा, रासस
काठमाडौँ,महाशिवरात्रिको अवसरमा शुक्रबार पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड । तस्वीर रोशन सापकोटा÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button