तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ । 

भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा  आज यहाँ जारी  गर्नुभएको शुभकामना सन्देशमा उहाँले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृति पूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमि पूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button