नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर दुई जना मजदुरको मृत्यु

नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिका–२ स्थित फलफूल नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी रिता सोती र २६ वर्षकी तान माया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

आज साँझ ७ बजेतिरको समयमा जिल्ला प्रहरी कार्यालयको उत्तरतर्फ पूर्वी भागमा नगरपालिकाले पानी निकासका लागि नाला निर्माण गर्न खनेको खाल्डोमा त्यही काम गर्ने दुई जना मजदुर माटोको ढिस्कोले पुरिएर अचेत अवस्थामा उद्धार गरिएको थियो ।
मध्यविन्दु जिल्ला अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो । खाल्टोमा अर्को एक जना पुरिएको उनको खोजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्