महान्यायाधिवक्ताको कार्यालयद्वारा दुई वर्षको अवधिमा भएका कामको समिक्षा

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले दुई बर्षको अवधिमा सयभन्दा बढी कानुनी राय प्रदान गरेको जानकारी दिएको छ ।
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलको पदबहालीको दुई वर्ष पुराभएको अवसरमा समिक्षा र भावी योजना बारेमा जानकारी दिन आयोजित कार्यक्रममा कार्य बिवरण प्रस्तुत गर्नुहुँदै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले आर्थिक वर्ष २०७४÷७५ मा ८७ वटा, ०७५÷७६ मा ७५ वटा र चालू आ.व मा १० वटा कानुनी राय प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सरकारी वकिल व्यवसायीक सरकारी वकिलका रुपमा बिशिष्कृत हुन दक्षताको आवश्यकता रहेको बताउनुभयो ।
महान्यायाधिवक्ता खरेलले देशका सम्पुर्ण जिल्ला सरकारी वकिलको कार्यालयमा सीसी क्यामेरा जडान गरी महान्यायाधिवक्ताको कार्यालयबाट सोझै समन्वय तथा संवाद गर्न सकिने कार्यको थलानी गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्