खेलकुदमा राजनीति नगर्न खेलकुद मन्त्रीको आग्रह

बीरगंज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विकास निर्माणमा अनावश्यक राजनीति नगरि सहकार्य गरेर अगाडी बढेमा मुलुकमा छिटै समृद्धि हासिल गर्ने कुरामा जोड दिनुभएको छ ।
वीरगंजको नारायणी रङ्गशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको आज एक समारोहका विच शिलान्यास गर्दै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको रुपमा चिनिने नारायणी रङ्गशालाको संरक्षण र सम्बद्र्धन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले तीन तहको सरकारबीच आपसी समझदारीमा विकास निर्माणका योजना अगाडी बढाए मात्र मुलुकले समृद्धि हासिल गर्ने बताउदै ७ करोडको लागतमा नारायणी रंङ्गशालाको पुनः निर्माण हुन लागेको बताउनुभयो ।
मध्यमाञ्चल खेलकूद विकास समितिका प्रमुख ज्याउल इस्लामले नारायणी रङ्गशालाको दक्षिण–पश्चिम क्षेत्रमा कभर्ड हल समेत निर्माण गरिने बताउनुभयो । उहाले प्याराफिट निर्माणको लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह तेली, निर्मला देवकोटा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद, लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्