तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि पुलिस क्लबलाई

काठमाडौँ । आठौँ प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिस क्लबले एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । पुलिसले एभरेस्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित निकालेको पुलिसले तेस्रो र चौथो सेट गुमाए पनि पाचौं सेटमा जित्दै निकाल्दै पुलिसले उपाधि चुमेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button