तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न काँग्रेसले पहल गर्ने बताउनुभएको छ ।

पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा सभापति देउवाले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्य रूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापति देउवासमक्ष आग्रह गर्नुभयो ।

यसअघि बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घ र विभिन्न पार्टीनिकट व्यवसायी सङ्घसंस्थाले श्रम तथा रोजगार मन्त्री डिपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button