‘जनताको जीवन स्तर माथि उठाउन राजनैतिक परिवर्तन भएको हो’
गोरखा । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिले कल्पना नै नगरेको अधिकार जनतालाई दिएको बताउनुभएको छ ।

जनताको जीवन स्तर माथि उठाउन राजनैतिक परिवर्तन भएको उहाँले बताउनुभयो । गोरखाको सिरानचोक गाउँपालिका–८ को दोस्रो वडा भेलामा उहाँले अधिकार प्राप्तिसँगै मानिसहरूको सामाजिक र आर्थिक अधिकारमा समेत परिवर्तन हुने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
विकास निर्माणका पूर्वाधारहरू खानेपानी, बाटो, बिजुली उत्पादनमा राज्यले लगानी गरेको उहाँले बताउनुभयो । समस्याहरू समाधान गर्ने ठाउँमा राज्यलाई पुर्याउनुपर्ने उहाँको भनाइ थियो ।
सबै नागरिकले राजनैतिक परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्