तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको नयाँ मुख्यमन्त्री जनमतका सिंह बन्ने पक्का

जनकपुरधाम । मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह बन्न लाग्नु भएको छ ।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वमा रहेका सरकार बुधबार प्रदेश सभाबाट विश्वासको मत लिनमा असफल भएपछि मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह बन्ने पक्का भएको छ । जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेसको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिनु भएको छ । जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले पनि सिंहलाई मुख्यमन्त्री पार्टीले बनाउन लागेको छ । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र नंं २ को १ वाट निर्वाचित भएका सिंह मधेश प्रदेशमा थोरै जनसङ्ख्या भएका राजपूत समुदायका व्यक्ति रहनु भएको छ ।

यसअघि २०७४ मा तत्कालीन राजपा पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएर सफलता पूर्वक कार्यसञ्चालन गरिसक्नु भएको छ । गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट पुनः सोही पालिकामा चुनाव लडेपनि पराजित भएका थिए । प्रदेशसभाको निर्वाचनमा भने उनी जनमतबाट निर्वाचित हुनु भएको थियो । उहाँ लोसपाको राष्ट्रियसभा सदस्य शेखर सिंहका छोरा रहनु भएको छ ।

यसै बीच मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भोलीसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि आह्वान गरेपछि नयाँ गठबन्धनका दलहरू त्यसको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button