बीओके कृषि कर्जा सम्बन्धी कर्जा योजना सार्वजनिक
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बीओके कृषि कर्जा सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ ।
बैकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न कर्जा योजना घोषण गरेको जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालले बैंकको २५ औं वार्षिकोत्सवको लोगो सावजनिक गर्दै २५ औं वर्षसम्म नेपालको बैंकिङ्ग क्षेत्रमा परÞ्याएको योगदानको लागि बैंकलाई धन्यवाद सहित शभकामना ब्यक्त गर्नु भयो ।
त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत काठमान्ड इन्टिच्युट अफ चाइल्ड हेल्थलाई आवसीय भवन निर्माण गर्न एक करोड सहयोग गर्ने घोषणा समेत गरेको छ ।
कार्यक्रमका गर्भनर चिरञ्जीवी नेपालले सहयोग रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गर्नु भयो ।
बैंक अफ काठमाण्डु लिमिटेड हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम मार्फत बैंकिङ सेवा दिइरहेको र चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकको अन्त्य सम्ममा खुद मुनाफामा २०५ प्रतिशतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाउन सफल भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्