तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा साँढे २९ हजार छोरीको बीमा

महोत्तरी । ‘छोरी पढाऊ, छोरी बचाऊ’ कार्यक्रम अन्र्तगत प्रदेश–२ सरकारले सुरु गरेको छोरी शिक्षा बिमा प्रभावकारी बन्दै गएको छ ।

हालसम्म प्रदेशभरीमा २९ हजार चा र सय ८५ छोरीका अभिभावकले छोरी विमाको लागि फर्म भरेका अभियानकी संयोजक प्रिंका यादवले बनाउनुभयो ।

महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले प्रदेश २ मा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियन्त अन्तर्गत छोरी शिक्षा बीमा लागु गरेको छ । २०७५ माघ १ गते यता जन्मिएको प्रदेश भरीका छोरीले बीमा सुविधा सरकारबाट पाएका हुन् ।

हालसम्म चार हजार तीन सय ७३ बिमितको खातामा रकम पठाइसकिएको छ । तीन हजार छोरीको खातामा रकम जम्मा गर्ने तयारी भइरहेको छ ।

बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशभरीका स्थानीय तहमा छोरी शिक्षा बीमा शिविर सञ्चालन गरिएको छ ।

गत माघ २ गतेदेखि फाल्गुण ४ गतेसम्ममा २२ हजार एक सय १२ जना छोरीको बीमा फर्म शिविरमार्फत भरिएको संयोजक यादवले बताउनुभयो ।

सुरुमा एक लाख रुपैंयाको बीमा गर्ने योजना सहित प्रदेश २ सरकारले छोरी शिक्षा बीमा सुरु गरिएको थियो । गत माघ १७ गतेको मन्त्री परिषद्को निर्णयले बीमा रकम तीन लाख पु¥याइएको छ ।

प्रदेश सरकारद्वारा सार्वजनिक दुई वर्षको उपलब्धि विवरणमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सफल भएको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button