प्रेस सङ्गठन बाजुराको एकता टुङ्गियो
बाजुरा। प्रेस सङ्गठनको केन्द्र र प्रदेश कमिटीको टुङ्गो लागेको लामो समयपछि प्रेस सङ्गठन बाजुराले एकता टुङ्गो लगाएको छ । पूर्व प्रेस चौतारी निकट २१ र पूर्व प्रेस सेन्टरबाट १० गरी ३१ जनाको जिल्ला कमिटी मंगलबार गठन भएको प्रेस सङ्गठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण ओलीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखको उपस्थितिमा जिल्ला कमिटीको नाम प्रदेश र केन्द्रमा पठाएको प्रेस सङ्गठन बाजुराका संयोजक वसन्त विश्वकर्माले जानकारी बताउनुभयो । उहाँले जिल्ला कमिटीको नाम सिफारिसपछि प्रथम भेला गर्नुपर्ने भएकाले नामसहित प्रदेश र केन्द्रलाई सिफारिस पठाइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्