कार्यादेश बनाउन बसेको कार्यदलको बैठक निष्कर्ष विना स्थगित

काठमाडौँ । सहकारी प्रकरण छानबिनका लागि गठन गर्न संसदीय समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठक आज पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज बिहानैदेखि बसेको बैठक संसदीय छानबिन समितिको कार्यादेश बनाउने विषयमा सहमति नजिक पुगिएको र संसद्को गतिरोध अन्त्य गर्ने सहमति भएको कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यादेश बनाउने बीचको बाटोहरूको खोजी भइरहेको बताउनुभयो। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले नेता महेशकुमार बर्तौला, नेपाली कांग्रेसका नेताहरू, ज्ञानेन्द्र काकी र जीवन परियार, रास्वपाका शिशिर खनाल सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्