तपाईँ सुन्दै हुनुहुन्छः

सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्रे गरिँदै

गोरखा। जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्रे सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत रु ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्रे भइरहेको छ ।

सडक कालोपत्रेका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्रे भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ ।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्रे सडकसँग जोडिने पहिलो पालिका हुने उहाँले बताउनुभयो । बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button