बन्दले जनजीवन प्रभावित
इलाम । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फँडानीको विरोध गर्दै आह्वान गरिएको बन्दले मेची राजमार्गको जनजीवन प्रभावित बनेको छ ।
बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको हो । यो क्षेत्रमा केबुलकार बनाउन जंगल फँडानी गरिएको विषयलाई लिएर विभिन्न संस्थाले आज (बुधबार) र भोलि (बिहीबार)का लागि मेची राजमार्गसहित तमोर करिडोर र ताप्लेजुङमा यातायात बन्द आह्वान गरेका हुन् । बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि प्रभाव देखिएको छ ।
बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन ज्यादै पातलो देखिएका छन् । वन फँडानी गरिएको क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबर्जस्त रूपमा रुख फँडानी नगर्न बन्दकर्ताले आह्वान गरेका हुन्
प्रतिक्रिया राख्नुहोस्