चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्स प्राप्त
काठमाडौँ । ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
क्लब इजाजतपत्र इकाई निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी)ले चर्च ब्वाइज र आर्मीलाई क्लब लाइसेन्स दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । योसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइजलाई एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने बाटो खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्