गुल्मीबाट २ करोड बढीको आलु निर्यात

गुल्मी । गुल्मीमा परम्परागत रुपमा गरिँदै आएको आलु खेती व्यावसायिक रुपमा गर्न थालेपछि यहाँका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । गुल्मी जिल्लाबाट यस वर्ष २ करोड ७१ लाखको आलु निर्यात भएको छ ।

जिल्लाको मालिका गाउँपालिकामा बर्से आलु वडा नम्बर १, २, ३, र ४ मदाने गाउँपालिका वडा नम्बर १ र २ मुसिकोट वडा नं १ र ८ चन्द्रकोट-१ रेसुङ्गा वडा न-९ मा गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ ।

बर्से आलु सबैभन्दा बढी हुने क्षेत्र मालिका गाउँपालिका हो । जिल्लामा बर्से आलु लगाउने क्षेत्रफल ८२० रोपनी रहेको छ । बर्से आलुका स्थानीय जातहरू अर्खबाङ लोकल, ढोरपाटन लोकल रहेका छन् । बर्से आलुका उन्नत जातहरू डेजिरे, जनकदेव, कार्डिनल रहेका छन्।

जिल्लामा हिउँदे आलु रुरुक्षेत्र, छत्रकोट, सत्यवती, मुसिकोट, इश्मा, मदाने लगागत सबै पालिका गरिँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।आलुको लागि मुख्य पकेट रुरु क्षेत्रको बम्घा टाहाटिम, अगाहाफाट, सत्यवतीको साहाघाट, मुसिकोटको भर्माचौर, मदाने गाउँपालिकाको सिम, बडिघाट र छल्दीका आसपासका फाँटहरू रहेका छन् ।
गुल्मी जिल्लामा आलु १६ हजार ३४० रोपनी क्षेत्रफलमा लगाइएको छ । बर्से र हिउँदे आलुको उत्पादन ८ हजार १०० मेट्रिक टन उत्पादन भएको छ ।कृषि ज्ञान केन्द्रबाट बर्से आलु प्रवर्द्धन कार्यक्रम, हिउँदे आलु विस्तार कार्यक्रम, आलुको बीउ उत्पादन श्रोत केन्द्र स्थापना कार्यक्रम काम गदै आएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्