झापामा एकै परिवारका पाँचजनामा हात्तीपाइले
झापा। झापामा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ ।
हात्तीपाइलेविरुद्ध आम औषधि सेवन अभियानको क्रममा झापाको दमक–९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । सो घटनापछि उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवन कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधि सेवन कार्यक्रमको क्रममा नयाँ बिरामीहरु भेटिइरहेका छन् । दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने गरेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्