नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ ।
‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको दोस्रो संस्करणमा स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने र स्वास्थ्य बीमा कार्यक्रम, नसर्ने रोगका जोखिम, चिकित्सा शिक्षा लगायतका विषयमा सत्रहरू सञ्चालन हुने काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा, सम्मेलन प्रमुख विशाल घोषले जानकारी दिनुभयो ।
सञ्चारकर्मीहरूको समूह त्रिकल प्रोडक्सनको आयोजनामा हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन नेपाल साथ रहने छ ।
नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ चैतमा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्