तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

झापा। झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मङ्गलवार अपराह्न पानीसँगै परेको चट्याङले लागेर अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घरनजिकै मकैवारिमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती र पेटको भागमा लागेको थियो । चट्याङ लागेर सख्त घाइते भएका दुलालको बिर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको डिएसपी चन्दले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button