तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख शाक्यको निधन

काठमाडौँ । ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख, स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको आज ८९ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शाक्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै सभापति देउवाले नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा, ललितपुरका पूर्व प्रमुख शाक्यको निधनले दुःखी बनाएको भन्नुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button