राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजकलाई हराउँदै बङ्गलादेशको टोली विजय

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशको नारायणगंज क्लबले विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सात दोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५–३ गोलले पराजित गरेको हो ।

खेलमा बङ्गलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दिवाकर सेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको हो ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले दिए ।
नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए।

सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्र सङ्गै मायाको चिनो साटासाट गरिएको थियो। कार्यक्रम सफल बनाउन प्रिण्टिङ्ग एक्सप्रेस र म नेपाली ब्रान्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सुजले फुटबल जुत्ता , एन्फा एकेडेमीले ग्राउण्ड उपलब्ध गराएको थियो।
त्यस्तै हिमाल हस्पिटलले स्वास्थ्य टिम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो। कार्यक्रम ढाका टोपी प्रज्वल ओझाले सहयोग गर्दा स्वइतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुवारिले पनि साथ दिएका थिए।









प्रतिक्रिया राख्नुहोस्